रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – अबदेखि शुक्रवार पनि शेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले आज बिहीवार विज्ञप्ति निकालेर शुक्रवार दुई घण्टा शेयर बजारमा कारोबार हुने जानकारी दिएको हो ।
यसअघि शुक्रवार कारोबार बन्द हुँदै आएकोमा अब बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा कारोबार हुने नेप्सेले जनाएको छ ।
सरकारले परीक्षणको रूपमा गएको जेठमा शनिवार र आइतवार सार्वजनिक बिदा दिएपछि शेयर बजार शुक्रवार पनि खुल्न थालेको थियो । तर दुई दिन बिदा खारेज भएसँगै शेयर बजार पनि शुक्रवार बन्द हुने शङ्का गरिएकोमा नेप्सेको सञ्चालक समितिको बैठकले शुक्रवार दुई घण्टा बजार खोल्ने निर्णय गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।