खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डाै - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नु भएको छ ।
अमेरिकासँग भएको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको पनि जानकारी गराउनुभयो ।
उहाँले २०७२ साल कात्तिक १० गते पत्र पठाएको जानकारी दिँदै त्यो पत्र मिलिटरी तालिमसँग सम्बन्धित नरहेको स्पष्ट पार्नुभयो । अहिले नेपाली सेनाले लेखेको जुन पत्र सार्वजनिक भएको छ, यो सत्य भएको बताउनुभयो । ‘चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलायन्स लेखिएको छैन’ उहाँले भन्नुभयो । उहाँले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको पनि बताउनुभयो ।
उहाँले भन्नु भएको छ : ‘कात्तिक १० गते २०७२ सालमा पत्र लेखिएको हो । यो मिलिटरी तालिमसँग सम्बन्धित छैन, त्यो भूकम्पको समय थियो, हामीले विपदमा काम गर्नु थियो त्यसकै लागि गरिएको हो, नेपालको परराष्ट्र नीतिको बर्खिलाप र सैन्य गठबन्धनमा जान रक्षा र परराष्ट्र मन्त्रीको स्वीकृतिमा पत्र लेखिएको थियो ।’
यस्तै, उहाँले सैन्य पार्टनरसिप गर्न नपरोस् भनेर विभिन्न काम अघि बढाइएको पनि बताउनुभयो । यो पार्टनरसिप अन्तर्गत ४ वटा जहाज लिएको र २ वटा आइसकेको अरू प्रक्रियामा रहेको पनि उहाँले जानकारी गराउनु भएको छ ।
एउटा एअर एम्बुलेन्स आउने तर यो कार्यक्रमबाट कुनै हतियार र पैसा नलिएको उहाँको भनाइ छ । अमेरिकाले प्रस्ताव गरेको भनिएको १० बुँदे सम्झौताबारे आफूहरुलाई थाहा नभएको र त्यो प्रस्ताव आएको नआएको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।