झापामा बिना खनजोत मकैखेती
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेका छन् ।
भन्सार छलेर ल्याएको दुई ट्रक रासायनिक मल राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर दुई जना सशस्त्र प्रहरीको सुरक्षामा काठमाण्डौ लगिरहेको अवस्थामा धादिङको धार्के बजारमा स्थानीयले खोसेका हुन् ।
स्थानीयले दुई वटा ट्रकमा रहेको लगभग ४ सय बोरा मल कब्जा गरेको खानीखोला इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुङ्गानाले जानकारी दिनुभयो । मल काठमाण्डौतर्फ लैजाँदै गरेको सूचना पाएपछि स्थानीयहरु भेला भएर राजमार्गमै ट्रकबाट मल कब्जा गरेका हुन् ।
सयौँ स्थानीयले ट्रक कब्जा गरेर मल खोस्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरे पनि रोक्न भने सकेन । यसअघि धादिङकै व्यापारीले कालोबजारीमा जथाभाबी मूल्य तोकेर मल बेच्ने र लुकाउने गरेको घटनाबाट किसान हैरान भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश पन्त
June 18, 2022, 7:15 p.m.यो सहनशिलताको विस्फोट हो आऔं अब यसरी नै जागौं म त भन्छु अब सिंहदरबारबाट शुरु गरौं ।