स्वर्गद्वारी दर्शन गरेर फर्किँदै गरेका २ जना भारतीयलाई सुरई खोलाले बगायो

 असार ६, २०७९ सोमबार १७:३७:२७ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गरेका दुई जना भारतीय नागरिकलाई सुरई खोलाले बगाएको छ । 

खाेलाले बगाएकामध्ये दुई मध्ये एक जनाको शव भेटिएको र अर्का एक जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । लु २ ख २७१६ नम्बरको गाडीमा रहेका भारतको सिद्धार्थनगरका १७ वर्षका निखिल कौशाल र १८ वर्षका सुरज सोनीलाई खोलाले बगाएको हो । 

प्युठानबाट फर्किँदै गरेका उनीहरू कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ मा पर्ने धानखोलामा पहिरो जान थालेपछि चालकले गाडीबाट ओर्लन भनेको र कौशल र सोनी गाडीबाट ओर्लिएर भाग्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया