'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाडौँ – नेपालको पर्यटन प्रवर्दनका लागि भारतीय संसद्का पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार मन्त्रिस्तरीय बैठकले कलाकार जयालाई आगामी चार वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
मुलुकको आर्थिक आर्जन तथा रोजगारी सिर्जना गर्ने एक महत्वपूर्ण स्रोत पर्यटन क्षेत्र नै भएको र पर्यटकीय हिसाबले भारत नेपालका लागि ठूलो स्रोत बजार पनि भएको सन्दर्भमा यो नियुक्तिले भविष्यमा बलियो आधार तयार पुग्ने विश्वास लिइएको छ ।
साथै, दुई देशबीच पर्यटन प्रवद्धनका गतिविधि अघि बढाउन ऐतिहासिक महत्व राख्ने अपेक्षा गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा सद्भावना दूतको माध्यमबाट भारतबाट अधिक सङ्ख्यामा पर्यटक आउने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।