अमेरिकाको एक विद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गयो
पुस २, २०८१ मंगलबार
दाङ - दाङको घोराही क्षेत्रमा झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या रहेको पाइएको छ।
नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालले गरेको एक अध्ययनमा घोराहीमा ५ हजार ८ सय ५ जनामा आँखासम्बन्धी समस्या भएको तथ्याङ्क सार्वजनिक गरेको हो । उनीहरुमा आँखामा लाग्ने मोतियाबिन्दु, अन्धोपनलगायतका समस्या रहेका राप्ती आँखा अस्पतालले जनाएको छ ।
आँखासम्बन्धी समस्या भएका ५ हजार ८ सयमध्ये ३ हजार ३ सय ६१ जना मोतियाबिन्दुसम्बन्धी समस्याका बिरामी रहेका राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।
१९ वटा वडा रहेकोे घोराही उपमहानगरपालिकामा घोराहीमा आँखा सम्बन्धी समस्याका बिरामी सबैभन्दा धेरै वडा नम्बर १५ मा ३ सय २३ जना र कम वडा नम्बर १ मा १ सय २ जना रहेका छन्। आँखा अस्पतालले मोतियाबिन्दुलाई न्यूनीकरणसँगै जिल्लामा आँखा स्वास्थ्यको पठनपाठनको लागि व्यवस्था गर्न स्थानीय सरकारसँग माग पनि गरेको छ ।
यसैबीच राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा थपिएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । तुलसीपुरको रक्षाचौरमा रहेको अस्पतालमा आँखाको रेटिना, क्यान्सर र आँखाको नानीसम्बन्धी समस्याको शल्यक्रिया सेवा सुरु भएपछि उपचार गर्न आउने बिरामीको सङ्ख्या पनि बढ्न थालेको हो ।
गर्मी मौसममा आँखा पाक्ने, आँखा चिलाउने, आँखामा सुक्खापन हुने बिरामी धेरै आउन थालेका विशेषज्ञ डाक्टर सन्तोष सुवेदीले बताउनुभयो । अस्पतालले ६ महिनाको अवधिमा आँखाको नानी सम्बन्धी दुई हजार, रेटिना सम्बन्धी समस्या भएका १ हजार ४ सय र आँखाको ढकनी, आँशु नली, प्लाष्टिक सर्जरी, आँखाको क्यान्सर सम्बन्धीका एक हजारभन्दा धेरै बिरामीको उपचार गरेको पनि डा. सुवेदीले जानकारी दिनुभयो । अस्पतालले आर्थिक वर्ष २०७८/७९ देखि विशेषज्ञ सेवा थप गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।