नेपालगञ्ज उपमहानगरकाे बजेट १ अर्ब ६३ कराेड रुपैयाँ (पूर्ण पाठ)

 असार ९, २०७९ बिहिबार १९:४८:९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सय रुपैयाँकाे बजेट ल्याएको छ ।  

आज बिहीवार ११ औँ नगर सभामा बजेट प्रस्तुत गर्दै उपमेयर कमरुद्दिन राईले नगरका २३ वडाका लागि २५ करोड रुपैयाँका दरले बजेट विनियोजन भएको जानकारी दिनुभयो । कुल आम्दानीको धेरैजसाे भार केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान हुने भएकाले आन्तरिक राजस्वकाे दायरा बढाइ स्राेत बढाउने कार्यक्रमलाई अभियानकै रूपमा लिइएकाे उहाँले बताउनुभयाे । 

उपमहानगरको अनुमानित आयको ठूलो भार व्यवसाय कर र घर बहाल भएकाे बजेटमा उल्लेख छ । 
करदातालाई कर प्रणालीमा स्वेच्छिक रूपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाइने र वडा कार्यालयहरूमा सफ्टवयेर प्रणालीलाई निरन्तरता दिइने बताइएकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया