जयराम–हलेसी सडक जीर्ण हुँदा स्थानीयसहित पर्यटक तथा दर्शनार्थीलाई दुःख

 असार ११, २०७९ शनिबार १८:१३:४४ | दमन राई
unn.prixa.net

खोटाङ – कालोपत्रे उप्किँदा खोटाङको जयराम–हलेसी सडक खण्ड जीर्ण बनेको छ । एसियाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा २०६७ सालमा गरिएको ओटासिल पिच उप्किँदा जयराम–हलेसी (३० किलोमिटर) सडक जीर्ण बनेको हो । 

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत जयराम–हलेसीको च्यास्मीटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उप्किँदा सडकमा खाल्डाखुल्डी बनेका छन् । निर्माण भएकाे तीन/चार वर्षमै कालोपत्रे उप्किएपछि सबैभन्दा बढी त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताउनुभयो । 

सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले २०६५ देखि २०६७ साल लगाएर ओटासिल गरेको थियो । कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल तीन/चार वर्ष नबित्दै उप्किन थालेको स्थानीयको भनाई छ । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक काठमाण्डाै लगायतका शहर जाने र आउने प्रमुख एक मात्र मार्ग हो । 

ठेकेदारको लापरबाहीका कारण कालोपत्रे केही वर्षमै उप्किएपछि सवारी साधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको छ । कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । याे सडकमा दुर्घटनाको खतरा बढे पनि सडक मर्मतमा ध्यान नदिइएको जिल्लाबासीको गुनासो छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया