धनकुटामा पाेखरीमा डुबेर दुई जना बालकको ज्यान गयो

 असार ११, २०७९ शनिबार २०:१२:४५ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएकाे छ । धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर आज दुई जना बालकको ज्यान गएकाे हाे । 

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको डुबेर ज्यान गएकाे हाे । धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकहरुका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा उनीहरु पौडी खेल्न गएका थिए । 

पौडी खेल्ने क्रममा डुबेर बेहाेस भएका बालकहरुको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगिएकाे थियाे । उदयको जन्मदिनको अवसर पारेर उदयसहित स्वर्णीम र धनकुटा नगरपालिका–५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए । 

सन्देश भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी चिरञ्जीवी दाहालले बताउनुभयाे । पौडी खेल्न पोखरी छिरेका साथीहरु बेपत्ता भएपछि सन्देशले नजिकैको बस्तीमा गएर खबर गरेका थिए । घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो । 

उनीहरुको उपचारका क्रममा धनकुटा अस्पतालमा ज्यान गएकाे थियाे । बालकहरुको शव पोस्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया