ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै
पुस २, २०८१ मंगलबार
खोटाङ – खोटाङको दिक्तेल बजारमा शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान उद्घाटन गरिएको चार महिनामै भासिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारको रत्नपार्कमा चार करोड रुपैयाँ खर्च गरेर बनाइएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको पर्खाल, मैदान भासिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार रुपैयाँमा निर्माण गरिएको कम्प्लेक्स र पार्कको मैदान सामान्य वर्षाकै कारण भत्किएको हो ।
व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको कम्प्लेक्स र पार्क गएको फागुन ३ गते उद्घाटन गरिएको थियो । निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको कम्प्लेक्स र पार्क २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो ।
कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि पार्क निर्माण गरिएको छ । त्यही पार्कको पर्खाल र मैदान निर्माणको केही समय नबित्दै भासिएको हो । भरिएको माटोमाथि पर्खाल उठाएका कारण मैदान भासिएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । पार्कको मैदानको स्वीमिङ पुलसहितको एक भागमा झन्डै आधा मिटर भासिएको छ । मैदानको पर्खाल पनि चर्किएको छ । बनेको हप्ता दिनमै शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको पर्खाल चर्किएको स्थानीयवासी बताउँछन् । पर्खाललाई सिमेन्टले लिम्स्याएको देखिन्छ ।
भाडाबापत महिनाको न्यूनतम दुई लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने स्रोतका रूपमा विकास गर्ने गरी दुई तले कम्प्लेक्स र सँगै पार्क निर्माण गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।