डोटीको सेती नदीमा बेवारिसे अवस्थामा शव भेटियाे

 असार १८, २०७९ शनिबार ८:५१:२ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको शिखर नगरपालिका–११ तल्लिसातमा रहेकाे सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

हिजाे बेलुका स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार शव सडेको अवस्थामा रहेकाले पहिचान गर्न गाह्राे भएको छ ।

नदीले शवलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
 

अन्तिम अपडेट: असार १८, २०७९

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया