बाढीका कारण अस्ट्रेलियाको सिड्नी सहर प्रभावित, एक जनाको ज्यान गयो

 असार २०, २०७९ सोमबार १२:२५:२८ | एजेन्सी
unn.prixa.net

अस्ट्रेलियामा बाढीका कारण एक जनाको ज्यान गएको छ भने हजारौँ मानिस विस्थापित भएका छन् ।

बाढीका कारण सिड्नी सहर प्रभावित भएको छ । त्यहाँको जनजीवन कष्टकर भएको छ ।

मुसलधारे वर्षाका कारण सडक बन्द हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको बीबीसीले जनाएको छ ।

न्यु साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सचेत रहन आग्रह गर्नु भएको छ ।

न्यु साउथ वेल्समा गएको मार्च महिनामा आएको बाढीमा परेर २० जनाको ज्यान गएको थियो ।

अस्ट्रेलियाको जलवायु विभागका अनुसार केही ठाउँमा ३ सय ५० मिलिमिटर वर्षा भएकाले नेपियन नदीमा बाढीको खतरा बढ्नुका साथै सिडनीको प्रमुख बाँध चुहिन थालेको छ ।
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया