जसपाका ३ मन्त्रीले लिए शपथ

 असार २०, २०७९ सोमबार १७:४७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।

 

जनता सामाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रालयमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त हुनुभएकाे छ । 

जसपाले कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर उहाँहरूकाे ठाउँमा तीन जनालाई पठाएकाे हाे । 

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया