पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला – जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ को कार्यालयले ज्येष्ठ नागरिकलाई छाता र टर्च उपलब्ध गराएको छ । वडा कार्यालयले ८१ जना ज्येष्ठ नागरिकलाई बर्खा याममा छाता र टर्च वितरण गरेको हो ।
वडाध्यक्ष तिर्थ वडले ज्येष्ठ नागरिकको सल्लाह अनुसार विभिन्न काममा जाँदा छाता आवश्यक भएको र राति बाहिर भित्र जान उज्यालोकाे समस्या भएकाले टर्च उपलब्ध गराइएको बताउनुभयो । वडा नम्बर २ को कार्यालय विष्टवाडामा ज्येष्ठ नागरिकहरु उपस्थित कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया र वडाध्यक्ष वडले ज्येष्ठ नागरिकलाई छाता वितरण गर्नुभएको थियो । ८९ वर्षीय ज्येष्ठ नागरिक विर्खसिंह खत्रीबाट छाता वितरण कार्यक्रम शुरु गरिएको थियो ।
ज्येष्ठ नागरिकले छाता र टर्च पाएपछि खुशी व्यक्त गरेका छन् । ज्येष्ठ नागरिक खत्रीले आफू वडाकाे याे कामले गाउँमै सरकार आएकाे महसुस भएकाे बताउनुभयाे । ज्येष्ठ नागरिकहरु धेरै गाेठालाे जाँदा हाेस् या अरु काममा पानी पर्दा समस्या हुने गरेकाले अब छाताले सजिलो हुने भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले ज्येष्ठ नागरिकलाई सम्मान भनेको सबै मानव जातिको सम्मान भएको बताउनुभयो । उहाँले यस्ता सिर्जनात्मक कामका लागि वडा कार्यालयलाई धन्यवाद पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।