बाजुराको बूढीगङ्गामा मतदान सकियो, आजै मतगणना सुरु हुने

 असार २३, २०७९ बिहिबार १८:९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान सकिएको छ । चुनावमा ६६ दशमलव ८३ प्रतिशत मत खसेकाे बाजुराका जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र थापाले जानकारी दिनुभयो । 

दिउँसो केहीबेर विवाद भए पनि पछि सामान्य तरिकाले नै मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मतदान सकिएपछि अहिले मतपेटिका सङ्कलन गर्ने काम भइरहेको छ ।  

केहीबेरमा सर्वदलीय बैठक बसेर अबको एक/दुई घण्टामा स्थानीय भानु माध्यमिक विद्यालयमा मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभयाे ।   

गएको वैशाख ३० मा यहाँ पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले फेरि आज चुनाव गर्ने निर्णय गरेको थियो । कांग्रेसबाट बूढीगङ्गाको मेयरमा रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया