नार्कद्वारा पाँचखाल नगरपालिकालाई धान राेप्ने मेशिन हस्तान्तरण

 असार २३, २०७९ बिहिबार २०:२६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) ले काभ्रेकाे पाँचखाल नगरपालिकालाई धान रोप्ने मेशिन हस्तान्तरण गरेको छ । मेशिनबाट धान रोप्ने प्रविधिको फिल्ड प्रदर्शनी तथा प्रविधि हस्तान्तरण कार्यक्रममा नार्कले एक एक थान गोड्ने, काट्ने, चढेर धान रोप्ने चार पाङ्ग्रे मेशिन र हिँडेर धान रोप्ने दुई पाङ्ग्रे मेशिन हस्तान्तरण गरेको हो । 

परम्परागत तरिकाले खेती गर्दा किसानलाई फाइदा हुन नसकेको र नयाँ प्रविधिको प्रयोग गर्दा चार गुणा बढी उत्पादन हुने कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीमद श्रेष्ठले बताउनुभयो । यस्ता प्रविधि प्रयोग गर्दा श्रम, पैसा र समयको बचत हुने उहाँले बताउनुभयो । 

कार्यक्रमा राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र प्रमुख डा. ध्रुवराज भट्टराईले पालिका र किसानलाई अनुसन्धानसँग जोड्न धेरै प्रविधिमैत्री कार्यक्रम गरेको बताउनुभयो । कृषि अनुसन्धानले निकालेका नयाँ प्रविधिलाई किसान र पालिकामा हस्तान्तरण गर्ने तथा नयाँ कुरा पालिकामार्फत किसानसम्म पुर्‍याउने उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रबाट प्रकाशित प्रविधि पुस्तकहरूसमेत नगरपालिकाका मेयर महेश खरेललाई हस्तान्तरण गरिएको छ । पुस्तकमा विभिन्न तरकारी, फलफूल, घरबगैँचा तथा नेपाल कृषि अनुसन्धान केन्द्रबाट विकास गरिएका नयाँ प्रविधिहरूको सङ्कलन गरिएको छ ।

अनुसन्धान केन्द्रबाट प्रकाशित प्रविधि पुस्तक अध्ययन गर्न चाहनेले नार्कको वेबसाइटमा www.NARC.GOV.NP मा गएर हेर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Satyaman

    July 7, 2022, 8:43 p.m.

    गरीब काम गरि खाने को काम खाने मेसिन देश मा अहिले को समय मा ल्याउन सही हुदैन यो त बेरोजगारी सिर्जना हुन्छ जुन दिन यो देश मा सब जना लाई रोजगारी हुन्छ अनि मात्र यसको प्रयोग गर्नु राम्रो हुन्छ या त सरकार ले सब बेरोजगार हुने लाई काम नपाउने लाई बेरोजगारी तलब खुवाएर मात्र यसता मेशिन भित्राउन उचित हुन्छ |

  •  0 Reply

तपाईको प्रतिक्रिया