जलवायु परिवर्तनको असर नेपालमा पनि : ताता दिन बढ्दै, चिसा दि...
जेठ २६, २०८० शुक्रबार
बर्दिया – बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को मिर्चैया गाउँका स्थानीयवासीले बर्खायाममा पनि पानी नपरेर खडेरी भएपछि भ्यागुताको बिहे गरिदिएका छन् । असार महिना सकिन लाग्दा पनि आकाशबाट पानी नपरेकाले लामो खडेरीका कारण चिन्तित बनेका स्थानीय किसान भेला भइ गाउँमा पूजापाठ गरी भ्यागुताको बिहे गरिदिएका हुन् ।
बर्खा लागिसक्दा पनि पानी नपरेर अत्यधिक गर्मी भएर खडेरी परेपछि वर्षाका देवता इन्द्रदेवलाई खुसी बनाउन भन्दै बेला–बेला विभिन्न खाले परम्परागत जुक्ति लगाइन्छ । कतै महिलाले दौरासुरुवाल लगाएर हलो जोत्छन् त कतै महायज्ञ लगाइन्छ, कतै बाजागाजासहित भ्यागुताको बिहे गरिदिने चलन पनि छ ।
त्यही चलनअनुसार भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वास रहेकाले मिर्चैयाका स्थानीयवासीले पनि भ्यागुताको बिहे गरेका मिर्चैया गाउँका बडघर राजु थारुले बताउनुभयो । परम्पराअनुसार गाउँका स्थानीय बालबालिकाहरू वर्षाका देवता इन्द्रलाई पानी पारिदिन प्रार्थना गर्दै पानीको आहाल बनाएर लडीबुडी खेल्ने पनि गरेका बडघर थारुले बताउनुभयो ।
बर्खाकाे समयमा पानी नपरेपछि बर्दियाका धेरैजसाे किसानले धान खेती लगाउन पाएका छैनन् भने अत्यधिक गर्मीका कारण जनजीवन पनि प्रभावित भएको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।