पाटन बारमा प्रगतिशील समूहका शान्तिराम खतिवडा विजयी

 असार २६, २०७९ आइतबार १०:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उच्च अदालत बार एसाेसिएशन पाटनको नयाँ कार्यसमिति अध्यक्षमा शान्तिराम खतिवडा विजयी हुनुभएको छ । उहाँ १ हजार ६६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी रामकृष्ण शर्माले २ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपाने १ हजार २३ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत प्राप्त गर्नुभएको छ । सचिवमा रवीन्द्रकुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी हुनुभएको छ ।     

त्यस्तै १४ जना सदस्यमा रमति महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजित बस्नेत, शुलभ खनाल, सरीता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी हुनुभएको हो ।  

देशका ९० बार एकाईमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या २ हजार ८ सय २८ मतदाता पाटन बारमा छन् । २०औँ नयाँ कार्यसमितिका लागि प्रजातान्त्रिक समूहबाट शर्मा र प्रगतिशील समूहबाट खतिवडाले नेतृत्वमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

प्रगतिशील समूहमा एमाले र नेकपा (एकीकृत समाजवादी) निकट कानुन व्यवसायी थिए । नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमिति पदावधि दुई वर्षको हुनेछ ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया