राष्ट्रिय सभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : गगन थापा

 असार २७, २०७९ सोमबार ११:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्ने बताउनु भएको छ ।

बिहान ललितपुरमा भएको एक कार्यक्रममा थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेको र उहाँले पनि फिर्ता लिने बताउनु भएको जानकारी दिनुभयो।

सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ दर्ता गराएपछि संविधान विपरीत भन्दै यसको चौतर्फी विरोध भइरहेको छ । विधेयकमा संवैधानिक परिषद्को गणपूरक सङ्ख्यादेखि निर्णय प्रक्रियासम्मका बारेमा विद्यमान कानुनी व्यवस्था संशोधन गर्ने सरकारको प्रयास छ ।

महामन्त्री थापाले अघिल्लो सरकारले त्यस्तै काम गर्दा प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको नेताको रुपमा आफैँले त्यस्तो विधेयकको विरोध गरेको भन्दै अहिले आफू सत्तामा हुँदा त्यस्तो काम गर्न नमिल्ने पनि बताउनुभयो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर प्रधानमन्त्री देउवाले पनि विधेयक ल्याएपछि आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया