कालीकाेटमा विद्युत् सेवा अनियमित, दैनिक ९/१० घण्टासम्म बत्ती जाने गरेकाे गुनासाे

 असार २८, २०७९ मंगलबार १८:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकाेट – कालीकोट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको एक वर्ष पुगे पनि नियमित विद्युत् सेवा आपूर्ति हुन सकेको छैन । विद्युत् सेवा नियमित नहुँदा बिजुलीबाट हुने कामहरू प्रभावित भएका छन् ।

कालीकोटमा अहिले पनि दैनिक ९/१० घण्टासम्म बत्ती जाने समस्या रहेको स्थानीयवासीले बताएका छन् । दैलेखमा समस्या आएकाले बनाउने प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौड्यालले बताउनुभयो ।

राष्ट्रिय प्रसारण लाइन नियमित नभएपछि यहाँका स्थानीयवासीले सान्नी त्रिवेणीमा रहेको पाँच सय किलोवाट क्षमताको सान्नीगाड जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुपर्ने माग गरेको छन् ।  

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया