श्रीलङ्कामा सङ्कटकाल घाेषणा

 असार २९, २०७९ बुधबार १२:२७:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

श्रीलङ्कामा सङ्कटकाल घाेषणा गरिएकाे छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घाेषणा गर्नुभएकाे त्यहाँकाे प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएकाे छ । 

प्रवक्ताका अनुसार देशकाे पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएकाे छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन् । राष्ट्रपति राजपाक्षे र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । सडक प्रदर्शनकारीले भरिएपछि उनीहरूलाई हटाउन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको छ ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ । यसले गर्दा देशभरि खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।

विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चारमाध्यमहरूले जनाएको भए पनि सरकारले नै देश टाट पल्टेको घोषणा अप्रिलमा गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया