आज प्रदेश-१, वाग्मती र गण्डकीका केही ठाउँमा पानी पर्ने सम्भावना : धेरै ठाउँमा चर्को घाम

 असार ३२, २०७९ शनिबार ८:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज तीन वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातार झरी पर्ने अवस्था नरहेको मौसमविद्ले बताएका छन् ।

आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अरु प्रदेशमा मौसम सफा रहनेछ । तराईमा हिजो अस्ति जस्तै चर्को घाम लाग्नेछ ।

तराई/मधेसमा गर्मीले जनजीवन प्रभावित भएको छ । अहिले देशैभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । पर्सिदेखि भने मौसममा केही फेरबदल हुन सक्ने सम्भावना रहेको छ । मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएकाले काठमाण्डौ उपत्यकासहित देशभर नै मौसम सफा रहेको छ ।

आज पनि काठमाण्डौमा घाम लागेको छ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया