समाजवादी केन्द्र निर्माणबारे ३ दलबीच छलफल

 साउन ३, २०७९ मंगलबार १७:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समाजवादी केन्द्र निर्माणबारे अहिले तीन वटा दलबीच छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको हो । 

छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । छलफलमा नेकपा एमालेबाहेकको राष्ट्रिय समाजवादी केन्द्र बनाउने विषयमा कुराकानी भइरहेको छ । आउँदो चुनावअघि नै एमालेबाहेकका कम्युनिस्ट पार्टी मिलेर समाजवादी केन्द्र बनाउन माओवादी र एकीकृत समाजवादी तयार भएका छन् । 

आजै माओवादी अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग भेटेर समाजवादी केन्द्र निर्माणको बारेमा छलफल गर्नुभएको छ । छलफलपछि प्रचण्डले दुई/तीन दिनभित्र केन्द्र निर्माणबारे टुङ्गो लागेमा धेरै राम्रो हुने बताउनुभएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया