बाग्मती प्रदेशमा सार्वजनिक गाडीकाे भाडा बढ्याे (कति किलाेमिटरकाे कति रुपैयाँ ? )

 साउन ६, २०७९ शुक्रबार १७:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । बढेको भाडादर बाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ । 

भाडा वृद्धिपछि पनि काठमाण्डाै उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ । १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ । 

उपत्यकाबाहिर बाग्मती प्रदेशका क्षेत्रमा यसअघिको भाडामा आठ दशमलव ३९ प्रतिशतले बढेको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया