कोरोनाका कारण २ जनाको ज्यान गयो, सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ सय जनाभन्दा धेरै

 साउन ८, २०७९ आइतबार १६:२९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । लामो समयदेखि कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने क्रम रोकिएकोमा अब ज्यान गुमाउने क्रम बढ्न थालेको छ ।  

यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय जना नाघेको छ । २४ घण्टामा तीन सय ४७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय थपिने सङ्क्रमितको सङ्ख्या धेरै र निको हुनेको सङ्ख्या कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । 

२४ घण्टामा पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय ८८ जनाको नमुना परीक्षण गर्दा तीन सय ४७ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा ९५ जना निको भएका छन् । 

थप ७८ हजार दुई सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया