प्रधानमन्त्रीद्वारा बगनासकालीको प्रशासकीय भवन उद्घाटन

 माघ ११, २०८१ शुक्रबार १८:१२:४ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज ‘भर्चुअल’ रूपमा उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधनसहित भवन उद्घाटन गर्नुभएको हो । उहाँले उर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली नागरिकसँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रूपमा उपस्थित हुन असमर्थ भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय नागरिकले अझ राम्रो गरी सेवा पाई र नयाँ अनुभूति मिल्नेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले पाल्पा एक ऐतिहासिक र रमणीय जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका नागरिकले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरूले शुरू गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्नेगरी काम भइरहेको बताउनुभयो ।

खनिज तत्त्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवम् समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने प्रधानमन्त्री ओलीले अपेक्षा गर्नुभयो । ‘भर्चुअल’ रूपमा उद्घाटन गरिएको कार्यक्रममा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित हुनुभएको थियो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया