काभ्रेको महाभारत जङ्गलमा आगलागी : हेलिकोप्टरको प्रयोग गरे पनि...
माघ १२, २०८१ शनिबार
चितवन – चितवनको भरतपुर अस्पतालमा सबै बिरामीलाई ओपीडीतर्फको टिकट निःशुल्क गरिएको छ । भरतपुर अस्पताल विकास समितिको निर्णयअनुसार आज आइतवारदेखि स्वास्थ्य परीक्षणमा आउने सबै बिरामीलाई ओपीडी टिकट निःशुल्क गरिएको अस्पतालका प्रवक्ता गोविन्द कँडेलले जानकारी दिनुभएको छ ।
ओपीडी टिकट निःशुल्क गरेसँगै गरिब र सीमान्तकृत नागरिकलाई उपचारका लागि थप सहज हुने अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ । भरतपुर अस्पतालमा अति गरिब, विपन्न, बेवारिसे तथा सीमान्तकृत समुदायका बिरामीलाई आकस्मिक कक्षमा निःशुल्क उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।
ओपीडी कक्षमा बिरामीको भिड बढेकाले भरतपुर अस्पतालले केही समयअघि ओपीडी टिकट काउन्टरसमेत थप गरेको छ । मध्य नेपालका १९ वटाभन्दा धेरै जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।