प्रदेश-१ को नामकरणमा अन्योल कायमै, दलहरु आ-आफ्नै अडानमा

 साउन ९, २०७९ सोमबार ७:३६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दलहरुबीच सहमति हुन नसक्दा प्रदेश-१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आआफ्नो अडानबाट पछि नहट्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना कम देखिएको छ ।

दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा विभिन्न जातजाति, संस्कृति, सभ्यता र भूगोलका नाममा नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन बढ्न थालेका छन् ।

७ मध्ये ६ प्रदेशले आफ्नो नामकरण गरिसकेका छन् । प्रदेश-१ को मात्र नामकरण हुन बाँकी छ । यसअघि २०७५ साल वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर टुङ्गो लागे पनि नामकरण भने हुन सकेको थिएन ।

प्रदेशको नाम टुङ्ग्याउन भन्दै गएको शुक्रवार प्रदेश-१ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको थियो । तर, दलहरु आआफ्नै अडानमा रहेपछि सहमति हुन सकेन ।

प्रदेश-१ मा कोशी, किराँत, कोशी–किराँत, सगरमाथा, किराँत/लिम्बुवान, शेर्पालुङ/मधेस, विराट, विजयपुर, सप्तकोशी र लिम्बुवान/खम्बुवान लगायतका नाम चर्चामा छन् । एकीकृत समाजवादीले किराँत प्रदेशको प्रस्ताव गरेको छ । माओेवादी केन्द्र पनि एकल पहिचानको पक्षमा छ । नेपाली कांग्रेसले सप्तकोशी र नेकपा एमाले कोशी नाम प्रस्ताव गरेको छ ।

प्रदेशको नामकरणका लागि दुई तिहाइ बहुमत अर्थात ६२ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश-१ मा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र राप्रपा तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ गरी ९३ जना सांसद छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया