'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच मंगलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यो समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली तथा क्यानडाका समकक्षी ट्रुडोबीच छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई क्यानडा सरकार र क्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भूकम्पपछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिनुभयो ।
क्यानडाका प्रधानमन्त्री टु«डोले प्रधानमन्त्री स्तरमा भेटवार्ता गर्न पाउँदा र गहिरो दुईपक्षीय सम्बन्ध स्थापना गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुबै मुलुकका प्रधानमन्त्री यहाँ आइपुग्नुभएको हो ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।