गायिका दिलमाया सुनारको हत्या आरोपित जेल चलान

 साउन ९, २०७९ सोमबार १४:३३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका खिलबहादुर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

काठमाण्डौ जिल्ला अदालतको आदेशमा श्रेष्ठ आज साेमवार केन्द्रीय कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । सुनारको शव गएको असार ११ गते काठमाण्डौको तारेश्वर नगरपालिका नेपालटारको आफ्नै कोठामा भेटिएको थियो ।

सुरुमा हेर्दा घटना आत्महत्या जस्तो देखिए पनि अनुसन्धान गर्दै जाँदा सुनारको घाँटीमा डाम देखिएपछि प्रहरीले हत्या भएको आशङ्कामा सम्भावित आरोपीको खोजी गरेको थियो । अनुसन्धानका क्रममा सुनारको श्रीमान् भन्दै सात/आठ महिनादेखि उनीसँगै बस्ने सिन्धुपाल्चोकका खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको थियो । श्रेष्ठले बयानका क्रममा असार १० गते बेलुका ८ बजे सुनारको कोठामा गएर ११ गते बिहान ४ बजे सुनारको हत्या गरेर भागेको बताएको र अन्य प्रमाणका आधारमा प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाएको थियो ।

सरकारी वकिलले दर्ता गराएको मुद्दामा हिजो आइतवार काठमाण्डौ जिल्ला अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाउने आदेश दिएको हो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया