दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – प्रहरीले काठमाण्डौ तीनकुनेको 'स्काई वर्ल्ड सर्भिस सेन्टर' मा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ ।
विभिन्न प्रकारका प्रविधिमार्फत धाकधम्की दिने, व्यक्तिगत गोपनीयता ह्याकिङ गरेर रकमको मोलमोलाइ गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरले आज साेमवार तीनकुनेको कल सेन्टरमा छापा मारेको हो । एक जना चिनियाँ र दुई जना भारतीय नागरिकसहित ३६ जनालाई पक्राउ गरिएको काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
काठमाण्डाै प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले छापा मारेर आठ लाख रुपैयाँभन्दा धेरै नगद, तीन सय ३२ थान ल्यापटप, सात सय ४८ थान डेस्कटप कम्प्युटर र एउटा डीभीआर पनि बरामद गरेको छ ।
यसअघि हिजो शनिवार पनि रुपन्देहीको तिलोत्तमाको जानकीनगरमा भारतीयले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेर नाै जना सञ्चालकलाई प्रकाउ गरेको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।