विराटनगरका मेयर कोइरालाकाे सम्पत्ति : ३ करोड ३० लाख रुपैयाँ पर्ने गाडी र ८० तोला सुन

 साउन १०, २०७९ मंगलबार १२:१७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाउनु भएको छ । कोइरालाले आफ्नो नाममा महानगर क्षेत्रभित्र ८५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

मेयर कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको हो । दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५ सय ९८ मा गरी उहाँको नाममा २८ हजार ७ सय १९ वर्गमिटर ९ सय ८५ कट्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।

विराटनगर १५ मा ७४ कट्ठा र ११ नम्बर वडामा ११ कट्ठा जग्गा भाइको नाममा रहेको भए पनि पैतृक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ । जग्गाकाे आर्थिक मूल्याङ्कन कति हो भनेर उल्लेख गरिएको छैन । मेयर कोइरालाको एकाघरको सम्पति भने त्योभन्दा धेरै छ । तर, उहाँले व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्तिको विवरण मात्र बुझाउनु भएको हो ।

कोइरालासँग ८० तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ । उहाँको नाममा बैंकमा १० लाख रुपैयाँ नगद रहेको र त्यो नगद पनि पैतृक सम्पत्तिबाटै प्राप्त भएको भनिएको छ । उहाँले सम्पत्ति विवरणमा विराटनगरमा भएका घरहरुको विवरणबारे उल्लेख गर्नुभएको छैन । उहाँको नाममा ३ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने गाडी रहेको  विवरणमा उल्लेख छ ।
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया