रौटहटको एक विद्यालयमा विद्यार्थी बोरा बिछ्याएर पढ्न बाध्य

 पुष १०, २०८१ बुधबार १२:१७:१ | रासस
unn.prixa.net

रौतहट – रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरमा रहेको दलित प्राथमिक विद्यालयका विद्यार्थी गएको १७ वर्षदेखि बोरामा बसेर पढिरहेका छन् । बकैया नदीको ‘ड्याम’ मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।

आर्थिक अभावमा विद्यालयको पक्की भवन र फर्निचरहरू नहुँदा बालबालिका दुई वटा स–साना टहरामा पढिरहेका छन् । कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको गुनासो गर्नुभयो । अर्का विद्यार्थी सुबाेधकुमार पटेलले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने बताउनुभयो ।

घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताउनुभयो । विद्यालयमा पढ्ने वातावरण नै नभएको तर विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उहाँको गुनासो छ ।

विद्यालयमा चार जना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयमा एक सय ७५ जना विद्यार्थी छन् ।

पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गएको साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले बताउनुभयो ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया