गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
पुस ४, २०८१ बिहिबार
नवलपरासी – बाटोमा हिँडिरहेकी महिलासँग गरगहना र पैसा माग्ने र नदिएमा एसिड छ्याप्ने धम्कीसहित 'प्र्याङ्क' भिडियो बनाउने युवक पक्राउ परेका छन् ।
नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका ३ गिरुवारी बस्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले 'बदमास केटा' नामक युट्युब च्यानल सञ्चालन गर्दै आएको र प्र्याङ्क भिडिओ बनाउने नाममा बाटोमा हिँडिरहेकी महिलालाई रोकेर साथमा भएको पैसा, मोबाइल र गरगहना माग्दै नदिएमा एसिड हान्ने भनेर तर्साएका थिए । उनको व्यवहारकाे चौतर्फी आलोचना भएको थियो ।
उनलाई हिजो कावासोती बजारबाट पक्राउ गरिएको र काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।