मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा

 साउन ११, २०७९ बुधबार १२:४२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।

पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।

यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका १ लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएकाे छ । मोरू वालेट प्रयोगकर्ताले अहिले बिग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’  प्रयोग गरी भुक्तानी गरेमा १५ प्रतिशत वा ३ सयसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्यूआर भुक्तानीमा मोरू प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने भएका छन् । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • deben kishor anjan

    July 27, 2022, 1:01 p.m.

    अतिनै उत्तम र छिटो छरितो र सौलियत हुन्छ निर्धक्क संगले पे कार्ड बोक्यो हिड्यो पैसा चोरी हुने अनि हराउने डर पनि नहुने एक दम राम्रो कतारमा पनि यो सिस्टम पहिला देखिनै छ

  •  0 Reply

तपाईको प्रतिक्रिया