खाेटाङ : भूकम्पले २ वटा घर भत्किए, १७ घर चर्किए

 साउन १५, २०७९ आइतबार १६:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको साकेला गाउँपालिका ५ मात्तिमबिर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुई वटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गङ्गा राई र हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो । 

भूकम्पले मात्तिमबिर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताउनुभयो । अहिलेसम्म मानवीय क्षति भएकोबारे जानकारी नआएको प्रशासनले जनाएको छ । भूकम्पलगत्तै साकेला गाउँपालिकाका पाँच वटै वडामा क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । 

क्षति मूल्याङ्कनका लागि पत्राचार

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गएलगत्तै नगरपालिकाले 'इन्टिग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्ट' का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह–मन्त्रालयलाई पत्राचार गरेको हो । 

भूकम्पबाट क्षतिकाे तत्काल मूल्याङ्कन गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरपालिकाकी मेयर विमला राईले बताउनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया