काठमाण्डाै उपत्यकाकाे विभिन्न ठाउँबाट लागुऔषधसहित २२ जना पक्राउ

 साउन १८, २०७९ बुधबार १७:९:८ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपाल प्रहरीले काठमाण्डाै उपत्यकाको विभिन्न ठाउँबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधवारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो । 

प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भइ ललितपुर इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ गर्‍याे । उनको साथबाट नाइट्राभेट ट्याब्लेट एक हजार दुई सय ६० थान, प्रोक्सिभन क्याप्सुल एक सय ५० थान, डायलेक्स डिसी ६ बोलत र कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ तीन सय मिलिलिटर बरामद भयो ।

खड्कालाई लागुऔषध उपलब्ध गराउने सर्लाही हरिवन घर भइ गोकर्णेश्वर बेँसीगाउँ बस्ने ३५ वर्षीय बुद्ध बमजन र खड्कालाई लागुऔषध कारोबारमा सहयोग गर्ने सुनसरी बराह घर भइ इमाडोल बस्ने २७ वर्षको युवराज खड्कालाई पनि प्रहरी पक्राउ गरेको छ । 

प्रहरीले लागुऔषधसहित पक्राउ परेकाको अनुसन्धानबाट त्यही अवैध कारोबारमा सहयोग गर्ने र लागुऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरेको हो । 

त्यस्तै लागुऔषध नियन्त्रण ब्युरोले यही साउन १३ गते तीन सय ८४ ग्राम हेरोइनसहित रामेछाप नगरपालिका ९ घर भइ गोकर्णेश्वर बस्ने ४० वर्षीय जुनमाई मोक्तानलाई पक्राउ गरेको थियो । 

उपत्यकाको ललितपुर, भक्तपुर र काठमाण्डाैका विभिन्न ठाउँबाट लागुऔषध कारोबारमा संलग्न रहेका सबैलाई पक्राउ गरी प्रहरीले आज बुधवार सार्वजनिक गरेको हो । 

ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विकास खनालका अनुसार पक्राउ परेकाहरूको साथबाट चार सय ५९ ग्राम हेरोइन, डायलेक्स डिसी एक हजार एक सय ८० बोतल, नाइट्राभेट ट्याब्लेट एक हजार दुई सय ६० थान र प्रोक्सिभन क्याप्सुल एक सय ५० थान बरामद गरिएको छ । बरामद गरिएको लागुऔषधको बजार मूल्य ५८ लाख १० हजार आठ सय रुपैयाँ रहेको जानकारी प्रहरीले दिएको छ । 

यसरी लागुऔषधमा संलग्न हुने र पक्राउ पर्नेको सङ्ख्या बढ्दो देखिन्छ । यसअघि साउन १ गते चार किलो हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेच र भारतका ३२ वर्षीया ज्योथाङीलाई प्रहरीले तिलगङ्गाबाट पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया