'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - चिया उद्योग क्षेत्रमा देखिएका सम्भावनाको खोजी र समस्या समाधानका लागि सरोकारवाला पक्षको संलग्नतामा सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार चिया क्षेत्रको समग्र विकास, समष्टिगत समस्या र चुनौतीलाई सम्बोधन गर्न मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा कार्यदल गठन गरेको हो ।
कार्यदलमा चिया उद्योगसँग सम्बद्ध सङ्घीय मन्त्रालय र प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय, ट्रेड युनियन, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चिया उत्पादक सङ्घका प्रतिनिधिसहित चिया क्षेत्रका विज्ञ सदस्य रहेका छन् ।
कार्यदलले चिया क्षेत्रको दीगो विकास गरी चिया उद्योगलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा स्थापित गर्न विद्यमान कानूनी, संस्थागत तथा व्यवहारिक समस्या र चिया व्यवसायी तथा श्रमिकको चासो र सरोकारलाई ध्यान दिई आगामी दिनमा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सुधार समेटी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको श्रम मन्त्रालयले जनाएको छ ।
कार्यदलले आवश्यकताअनुसार कार्य समूह गठन गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त कार्य समूहमा चिया व्यवसायीका अतिरिक्त चिया क्षेत्रमा कार्यरत ट्रेड युनियनका प्रतिनिधि सहभागी हुन सक्नेछन् । कार्यदललाई कार्य प्रारम्भ भएको मितिले दुई महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने समयसीमा तोकिएको मन्त्रालयले जनाएको छ ।
चियालाई व्यावसायिक उद्यमका रुपमा विकास गर्न सरकारी तहबाट कानूनी, संस्थागत र संरचनागत व्यवस्था हुँदै आएको उल्लेख गर्दै मन्त्रालयले कार्यदल गठनपछि चिया क्षेत्रमा हाल देखा परेका द्विविधा तथा अन्योल समाधान हुने विश्वास व्यक्त गरेको छ ।
साथै मन्त्रालयले चिया क्षेत्रमा तत्काल देखिएका समस्याको समाधान वार्ता तथा छलफलको माध्यमबाट खोज्नसमेत मन्त्रालयले सम्बद्ध सबै पक्षलाई आह्वान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।