सप्तकोसी आसपासका क्षेत्रमा जोखिम कायमै, आठ जिल्लाका साना नदीमा बाढीको खतरा

 साउन २२, २०७९ आइतबार ८:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ । यसले गर्दा बाढी, डुबान र कटानको जोखिम कायमै छ ।

आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास नै हुने भएकाले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, आज सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धाादिङ, कञ्चनपुर र आसपास भइ बहने केही साना नदीमा बाढीको जोखिम रहेकाले सचेत रहन अनुरोध गरिएको छ ।

आउँदाे ३ दिनसम्म ठूला नदी कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।

ग्राफ : बाढी पूर्वानुमान महाशाखा

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया