पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

 साउन २५, २०७९ बुधबार १३:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

महाेत्तरी - पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासमा रहेको भपसीखोलामा ५ महिनामै ५० मिटर लामो पुल बनेको छ ।

सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाकै अवधिमा पुलको निर्माण सम्पन्न गरेको हो । यो पुल २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ ।

गएको २०७८ मङ्सिरमा सम्झौता गरी पुसदेखि पुल बनाउन सुरु गरिएकोमा गएको वैशाखमा काम सकिएको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्त्वपूर्ण रातुखोलाको पुल पनि सम्झौता अवधिअगावै निर्माण सम्पन्न भएको छ।

१४ करोड रुपैयाँको लागतमा पप्पु दिवा जेभी प्रालिले दुई सय मिटर लामो पुल निर्माण सम्पन्न गरेको प्रमुख मिश्रले बताउनुभयो । आव २०७५/७६ मा सम्झौता भइ २०७९ वैशाखमा निर्माण सम्पन्न गरेको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया