प्रतिनिधि सभाबाट तथ्याङ्क र शपथसम्बन्धी विधेयक पारित

 साउन २५, २०७९ बुधबार १६:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रतिनिधि सभा बैठकले तथ्याङ्क विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको आज बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्याङ्क विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो । 

त्यस्तै बैठकले राष्ट्रिय सभाको सन्देशसहितको शपथसम्बन्धी विधेयक २०७९ लाई पनि बहुमतले पारित गरेको छ । त्यसैगरी खानेपानी तथा सरसफाइ विधेयक २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

प्रतिनिधि सभाको बैठक अहिले चलिरहेको छ । अहिले काठमाण्डौ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ माथि दफावार छलफल सुरु भएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया