प्रचण्डलाई निर्वाचन आयोगको पत्र : चुनावमा १० करोड खर्चेका उम्मेदवारको सूचना दिनू

 साउन ३१, २०७९ मंगलबार ८:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालिका चुनावमा भएको खर्चबारे सूचना उपलब्ध गराइदिन पत्राचार गरेको छ ।

प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिए पछि  त्यसबारे जानकारी गराउन भनिएको निर्वाचन आयोगले जनाएको छ । ‘उहाँले चुनावमा सीमाभन्दा धेरै खर्च गरेको अभिव्यक्ति दिएपछि त्यसबारे सूचना उपलब्ध गराइ सहयोग गरिदिन आयोगले पत्राचार गरेको’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो ।

आयोगले केही दिनअघि प्रचण्डलाई पत्र काटेको हो ।  चुनावमा खर्च गर्न पाउने सीमा तय भएकाले त्यसभन्दा तलमाथि भए जो कोहीले आयोगलाई जानकारी दिन सक्ने आयोगले जनाएको छ । प्रचण्डले गएको ९ गते  कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको कार्यक्रममा गाउँपालिकाको चुनावमा १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको बताउनु भएको थियो ।

निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवारले बढीमा साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको थियो । महानगर मेयर उपमेयरले बढीमा ७ लाख ५० हजार, उपमहानगर मेयर उपमेयरले बढीमा ५ लाख ५० हजार, नगरपालिकाका मेयर उपमेयरले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ चुनावको प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो ।
 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया