रोल्पामा अरिङ्गालले चिलेर एक जनाकाे ज्यान गयो

 साउन ३१, २०७९ मंगलबार १३:१:८ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा ‍- अरिङ्गालले चिलेर रोल्पामा एक जनाको ज्यान गएको छ ।

रोल्पा नगरपालिका–१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले चिलेर ज्यान गएको हो ।

हिजाे बेलुका घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले शरीरको विभिन्न भागमा चिल्दा उहाँ घाइते हुनुभएकाे थियाे ।

उहाँकाे रोल्पा अस्पताल रेउघामा उपचारका क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया