विवेकशील साझा पार्टीले दल दर्ता गर्‍याे

 साउन ३१, २०७९ मंगलबार १५:२५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ ।

आज मङ्गलवार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो । पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरू आउँदाे चुनाव प्रयाेजनका लागि दल दर्ता गर्न पुग्नुभएको थियो । आइतवार पार्टीले अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो ।

निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् । आज नै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया