सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा बन्द गराउँदै हिँडेका २५ जना बन्दकर्ता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार वटा पार्टीले आह्वान गरेका बन्दमा काठमाण्डाै उपत्यकामा बन्द गराउँदै हिँड्ने २५ जना पक्राउ परेका प्रहरीले जनाएकाे छ ।
बन्दका कारण छोटो दुरीका गाडी सामान्य रूपमा चलेका छन् । लामो दुरीका गाडी भने फाट्टफुट्ट मात्रै चलेका छन् । बिहानको तुलनामा अहिले दिउँसो भने गाडीको चाप केही देखिएको छ । सडकमा गाडी चलाउन अवरोध नहोस् भनेर चोक–चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
आजको बन्दलाई विप्लवसहित ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी समाजवादी) काे समर्थन रहेको छ । एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राख्दै आज बन्द आह्वान गरिएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।