पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमलाई १४ रनले हरायाे

 माघ १०, २०८१ बिहीबार १८:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएकाे छ ।

आर्मीले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमकी मनिष बोहराले १८, कविता कुँवरले १६ रन बनाइन् । आर्मीकी सुष्मिता भुसालले ३ विकेट लिइन् ।

यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनायो । आर्मीकी सम्झना खड्काले नटआउट ७४ रन बनाइन् । सुदूरपश्चिमकी जानकी थापाले २ विकेट लिइन् ।

‘सुपर–फोर’ मा एक समूहको टोलीले अर्काे समूहको टोलीसँग खेल्नेछन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया