महाअभियोग समितिले १५ गते प्रधानन्यायाधीश राणासँग बयान लिने

 भदौ ८, २०७९ बुधबार १६:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग आउँदो १५ गते बयान लिने भएको छ ।

समितिको आज बुधवार बसेको बैठकले प्रधानन्यायाधीश राणालाई आफ्नो कुरा राख्नका लागि आउँदो १५ गते बिहान ११ बजे बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिनुभयो ।

यस्तै बैठकले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिका पनि पारित गरेको छ । आन्तरिक कार्यतालिकामा भदौ ९ देखि १२ भदौसम्म राणाविरुद्धको प्रमाण सङ्कलन गर्ने र त्यसमाथि अध्ययन गर्ने उल्लेख छ । समितिले भदौ १८ वा १९ गते प्रतिनिधि सभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको विष्टले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया