बालेन्द्र साहले आतङ्कित बनाउने काम गरे : कांग्रेस नेता विश्वकर्मा

 भदौ १०, २०७९ शुक्रबार १८:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेकाे टिप्पणी गर्नुभएको छ । मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । 

आज शुक्रबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएकाे भन्दै आपत्तिसमेत जनाउनु भयो । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताउनुभयो । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उहाँको भनाइ थियो ।  

उहाँले भन्नुभयो, ‘हामी आज बजारमा के–के देख्दै छौँ त ? मेयर साब भत्काउँदै हिँड्नुभएको छ । हाम्रो सिस्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँड्ने हो भने त शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैँले बन्दुक बोकेर हिँड्नुभयो भने के हुन्छ ? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौँ ।’

नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर साहले बयान लिने, जरिबाना गर्ने प्रावधान भए पनि आतङ्कित बनाउने काम गरेको गुनासो गर्नुभयो । उहाँले मेयर साहको यस्तो गतिविधिले देशकाे राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउने तर्कसमेत गर्नुभयो । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया