काठमाण्डौ महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचना हटायो

 भदौ ११, २०७९ शनिबार १०:३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : काठमाण्डौ मल

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचनामा हटाएको छ । नक्सा पास नगरि बनाइएका ती संरचना महानगरले डोजर लगाएर भत्काएको हो । ढुङ्गेधारामा अवैध रुपमा घरटहरा बनेका र हटाएको महानगरपालिकाले जनाएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले गएको बुधवार नै अवैध रुपमा बनाएका संरचना हटाउन निर्देशन दिनुभएको थियो । यसअघि महानगरले बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधवार काठमाण्डौ मल अगाडिको संरचना हटाएको थियो ।

काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत हिजो त्रिपुरेश्वरमा रहेको राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको थियो ।

महानगरपालिकाले गएको सोमवारदेखि नक्सा विपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि त्यहीअनुसार प्रयोग नगरिएका संरचना हटाउने अभियान थालेको हो । यो अभियान अन्तर्गत बानेश्वर कम्प्लेक्स, काठमाण्डौ मल, संरचना मल र आरबी कम्प्लेक्सका १४ साना पसल र अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइ सकिएको छ ।

आनाकानी गर्दै आए अरु ठाउँका संरचनामा पनि डोजर चलाउन महानगर बाध्य हुने महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभएको छ । अहिले बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

यो अभियानबाट पार्किङको समस्या कम भएसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरपालिकाले विश्वास लिएको छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया