देशकाे दिगो र द्रुत विकासका लागि व्यवस्थित सहरीकरणको ठूलो महत्त्व छ : प्रधानमन्त्री देउवा

 भदौ ११, २०७९ शनिबार १८:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले देशको दिगो र द्रुत विकासका लागि व्यवस्थित सहरीकरणको आवश्यक्ता रहेको बताउनुभएको छ । शनिवार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले सहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको भन्दै शहरलाई अब व्यवस्थित गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आए पनि अझै अधिकांश शहरहरु योजनावद्ध तरिकाले बन्न नसकेको बताउनु भयो । उहाँले अव्यवस्थित शहरले देशमा चुनौती थपिएको र बस्तीहरु पनि अव्यवस्थित बनेको बताउनु भयो । प्रधानमन्त्री देउवाले शहरहरुको योजनावद्ध तरिकाले व्यवस्थित गर्नको लागि योजना तर्जुमाको साथै आधुनिक तरिकाको पूर्वाधार विकासमा आवश्यकता रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको अवस्थामा देशको दिगो द्रुत विकासका लागि व्यवस्थित सहरीकरणको ठूलो महत्व रहेको छ । नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आए पनि अझै हाम्रा अधिकांश शहरहरु योजनावद्ध तरिकाले बनेका छैनन् । अव्यवस्थित छन् । अव्यवस्थित शहरले देशमा चुनौतीहरु आएका छन् ।’

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • bhim singh

    Aug. 27, 2022, 7:06 p.m.

    खै प्रधानमन्त्री जीउ तपाईं बाट बिकासको के आसा राख्नेर तपाईं जति पत्क प्रधानमन्त्री हुनुभयो देशको अहितर कुशासन बिधान हरु मात्रै पास गर्नुभयो तपाईं जस्तो राष्ट्र घाती प्रधानमन्त्री पाउनुनै दुर्भाग्य हो हाम्रो

  •  0 Reply

तपाईको प्रतिक्रिया